शेखरले प्रचण्डको विकल्प खोज्दा पाँचै वर्ष निरन्तरताको पक्षमा शशांक



 

 

 

सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र इतर पक्षको नेतृत्व गरिरहेको डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको विकल्प खोज्दा डा. शशांक कोइराला पाँचै वर्ष निरन्तरताको पक्षमा देखिएका छन् । गठबन्धन दलहरूबीच आलोपालो सहमति भएर पहिलो कार्यकाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बेलामा नेता कोइरालाले यही सरकारकाले पाँचै वर्ष निरन्तरता पाउने संकेत गरेका हुन् ।

इतर पक्षमा रहेका अधिकांश नेताह सरकारकै कारणले अराजकता बढेको निष्कर्षसहित विकल्प खोज्नुपर्नेको पक्षमा छन् । शेखरसहित महामन्त्री गगन थापासहित इतर पक्षका अधिकांश नेताहरू सरकारको विकल्प खोज्नुपर्ने पक्षमा वकालत गर्न थालिसकेका छन् । यद्यपि, पार्टीमा अहिलेसम्म सभापति शेरबहादुर देउवाको निर्णय नै हावी हुने भएपनि नेताहरूले सरकारको विकल्प खोज्न आन्तरिकरूपमा दबाब बढाइरहेका छन् । सरकार असफल भए कांग्रेसलाई नै हानी हुने निष्कर्षसहित इतरपक्ष प्रचण्ड सरकारप्रति आक्रमक छ । पछिल्लो समय सभापति देउवानिकट रहेको चर्चा चलिरहेको बेलामा नेता कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताए । आइतबार चितवनका पुगेका सरकारले सत्ता गठबन्धनमा सामान्य खटपट भएको स्वीकार्दै भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ । सरकारको स्थायित्व भएमात्रै देशको विकास सम्भव हुन्छ । प्रचण्ड प्रधानमन्त्री प्रचण्ड साधारण व्यक्ति नभएको समेत विश्लेषण गरे । उनले पछिल्लो तिक्तताको कारणले माओवादी फेरि एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको भन्दै अहिलेको गठबन्धनलाई अगाडि बढाउनुको विकल्प नभएको सुनाए । त्यसो त पछिल्लो समय देउवासँग नजिकिँएका कोइरालाले आफू १५औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार हुनेसक्ने बताउँदै आइरहेका छन् ।

देउवाले अर्को कार्यकाल आफू नउठ्ने घोषणा गरेपछि कोइराला परिवारबाट शशांकलाई अघि सार्नेबारे चर्चा छ । शशांकमार्फत् कोइराला परिवारलाई पार्टी नेतृत्व हस्तान्तरण गर्दा तल्लो तहसम्मका कार्यकर्ता वृत्तमा पनि सकारात्मक सन्देश प्रवाह हुने देउवाले बुझाइ राखेको नेताहरू बताउँछन् । यद्यपि, संस्थापन र इतर पक्षलाई नै विश्वासमा लिएर १५औं महाधिवेशनमा सर्वसम्मत सभापति बन्नको लागि शेखरले केही सयम ‘पर्ख र हेर’ को नीति बनाएका थिए । तर, देउवाले शशांकलाई छाड्ने संकेत पाएपछि शेखर आफ्नो समूह बलियो बनाउनतिर लागिसकेका छन् । १४ औं महाधिवेशनमा ‘पावर सेयरिङ’ मा कुरा नमिलेपछि उनीहरू अलग भएका थिए। शशांकले अप्रत्यक्षरूपमा देउवालाई सघाएका थिए । पार्टीका नेताहरूबीच प्रचण्ड सरकारबारे दुई धार हुँदा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तत्काल सरकार परिवर्तनको सम्भावना नभएको प्रष्टाइसकेका छन् । नेताहरूबीच यो विषयमा दुई धार भएर केन्द्रीय समितिको बैठकमा समेत कुरा उठाउने तयारी गरिरहेको बेलामा देउवा बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्