एमाले बाग्मती प्रदेश अधिवेशन, अध्यक्षमा ४ जना दावेदार



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा दुई जना केन्द्रीय कमिटी सदस्य प्रतिनिधि बन्नुभएको छ । केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल मकवानपुरबाट र कैलाश ढुंगेल रामेछापबाट प्रतिनिधि चयन हुनुभएको हो ।मकवानपुर र रामेछापका सवै पालिकामा शनिवार प्रतिनिधि चयन हुँदा केन्द्रीय सदस्यद्वय अध्यक्षको उम्मेदवार बन्ने निर्णयसहित प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यस्तै बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे र अध्यक्षका अर्का दावेदार बागमति प्रदेशका पूर्वसभामुख सानु श्रेष्ठ पनि प्रतिनिधि चयन हुनुभएको छ ।

बागमती प्रदेश कमिटीको यही असोज ८ र ९ गते काठमाडौंमा प्रथम अधिवेशन हुँदैछ । अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । सो अधिवेशनका लागि आजसम्म प्रतिनिधि चयन गरी प्रदेश कार्यालयमा बुझाइसक्नु पर्ने निर्णय प्रदेश कमिटीको रहेको छ । अधिवेशनमा दुई जना केन्द्रीय सदस्य प्रतिनिधि बनेर आएसँगै चुनावको संकेत देखिएको छ । पूर्वसांसद समेत रहनुभएका मकवानपुरका कृष्ण दाहाल र बागमतिका पूर्वअर्थमन्त्री कैशाल ढुंगेलसँगै प्रदेश कमिटी अध्यक्ष पाण्डे र बागमतीका पूर्वसभामुख सानु श्रेष्ठले अध्यक्षको दावी गर्नुभएको छ । चार जना नै उम्मेदवार बनेको अवस्थामा भने परिणाम चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । बागमतीमा १ लाख ९ हजार २ सय ३८ जना संगठित सदस्य रहेका छन । संगठित सदस्य संख्या, स्थानीय तहका संख्या र जनसंगठनहरुको लागि तोकिएको कोटासहित अधिवेशनमा बढीमा ११ सय ५० जना प्रतिनिधि चयन हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...