पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा



 

 

 

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्‍यो । श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उसले अन्तिम बलमा २ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेका बेला सुरूका चार बलमा २ रन लिएर एक विकेट गुमाएको थियो । पाँचौं बलमा असालान्काले चौका प्रहार गर्दैं जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा पनि उनले दुई रन लिए । श्रीलंकाको पालीम कुसल मेन्डिसले ९१, चरिथ असालान्काले अविजित ४९ र सदीरा समराविक्रमाले ४८ रन बनाए । त्यसअघि पाकिस्तानको पालीमा मोहम्मद रिजवानले ८६, अब्दुल्लाह सफिकले ५२ र इफ्तिखर अहमदले ४७ रन बनाएका थिए । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने भारतसँग पराजय ब्यहोरेका थिए । सुरुका दुई खेलमा जित हात पार्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । श्रीलंका समग्रमा ११औँ पटक एसिया कपको फाइनलमा पुगेको हो । यो प्रतियोगिता भारतले ७ र श्रीलंकाले ६ पटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी