राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं : राजेन्द्र लिङ्देन



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव राखे । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं । ०६२र६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ । देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न आग्रह गरे । उनले भने, ‘राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं ।’ उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...