सरकार कतिञ्जेल टिक्छ मतलब छैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताए । विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभामा बोल्दै उनले भुटानी शरणार्थी, ललिता निवास काण्ड र सुन प्रकरणमा सरकार भ्रस्टाचारको विरुद्धमा लागेको बताए । उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा लागे पनि केही तत्व सरकारको विरुद्ध लागेकाले सरकार कतिञ्जेल टिक्छ भनेर प्रश्न उब्जिएको बताए । उनले भने, ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारको विरुद्व अन्तिम समय सम्म लड्ने छु । उनले आफुले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको बताए । उनले सामाजिक न्ययको लाीग देश बाहिर रहेका युवाहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्व हुने निर्णय गरेको बताए ।

उनले भने, ‘अहिले ३ लाख विदेशमा रहेका युवाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । अब ३ वर्षमा २५ लाख विदेशमा रहेका युवाहरु कोषमा आवद्व हुने छन् यो समाजवादको भ्रुण रोपिएको हो । मिटर ब्याजको समस्या समाधान गर्न आफुले मिटरब्याजी सम्बन्धी कानून ल्याएको बताउँदै उनले आफुले नै लामो समयदेखि रहेकोब नागरिकताको समस्या समाधानको प्रयास गरेको बताए । उनले सरकार विगतको जस्तो निरन्तर मात्रै नभएको बताए । उनले विगतको सरकारले भन्दा विलकुलै फरक र नयाँ काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...