जनप्रतिनिधिले कानून हातमा लिएर ताण्डव मच्चाउनु अशोभनीय : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय रहेको टिप्पणी गरेका छन् । ताप्लेजुङकै प्रदेशसभा २ बाट निर्वाचित कांग्रेस सांसद खगेनसिंह हाङगामले गत शुक्रवार सार्वजनिक कार्यक्रमबाटै डिएसपी राजन लिम्बु र उनको परिवारका सदस्यहरूको हत्या गर्ने धम्की दिएकोमा भट्टराईले आपत्ति जनाएका हुन् । भट्टराईले आफ्नो गृह जिल्लामा भइरहेका घटनाप्रति पहिलो पटक प्रतिक्रिया व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थामा कानूनको नजरमा सबै समान हुने बताएका छन् ।

भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन् लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्दछ । त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन । गत बिहीबार सदरमुकाममा प्रहरी र सांसद खगेन समर्थकबीच भएको विवादपछि शुक्रवार उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ताप्लेजुङका डिएसपी लिम्बुको बर्दी उतार्ने धम्की दिएका थिए । त्यति मात्र होइन सांसदले डिएसपीको परिवार कहाँ बस्छन् खोजेर बाबु आमा र छोराछोरीलाई मारिदिने धम्की समेत दिएका थिए । यसप्रति कांग्रेसले उनलाई स्पष्टीकरण सोध्नुको साटो उल्टै डिएसपीलाई निलम्बनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

वाणिज्य बैंकहरुको नाफा ४९ अर्ब २१ करोड, सबैभन्दा बढी नबिलले कमायो

    वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख...

सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...