जनप्रतिनिधिले कानून हातमा लिएर ताण्डव मच्चाउनु अशोभनीय : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय रहेको टिप्पणी गरेका छन् । ताप्लेजुङकै प्रदेशसभा २ बाट निर्वाचित कांग्रेस सांसद खगेनसिंह हाङगामले गत शुक्रवार सार्वजनिक कार्यक्रमबाटै डिएसपी राजन लिम्बु र उनको परिवारका सदस्यहरूको हत्या गर्ने धम्की दिएकोमा भट्टराईले आपत्ति जनाएका हुन् । भट्टराईले आफ्नो गृह जिल्लामा भइरहेका घटनाप्रति पहिलो पटक प्रतिक्रिया व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थामा कानूनको नजरमा सबै समान हुने बताएका छन् ।

भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन् लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्दछ । त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन । गत बिहीबार सदरमुकाममा प्रहरी र सांसद खगेन समर्थकबीच भएको विवादपछि शुक्रवार उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ताप्लेजुङका डिएसपी लिम्बुको बर्दी उतार्ने धम्की दिएका थिए । त्यति मात्र होइन सांसदले डिएसपीको परिवार कहाँ बस्छन् खोजेर बाबु आमा र छोराछोरीलाई मारिदिने धम्की समेत दिएका थिए । यसप्रति कांग्रेसले उनलाई स्पष्टीकरण सोध्नुको साटो उल्टै डिएसपीलाई निलम्बनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...