ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा छाड्न आदेश



हाम्रो इकोनोमि

 

 

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ। न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ । भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन्। धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन् ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...