दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित



हाम्रो इकोनोमि

 

 

 

प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका छन् । नेपालको ‘शिक्षालय राष्ट्रिय मासिक’द्वारा ‘सार्क जर्नालिष्ट फोरम’ र ‘रोटरी क्लब अफ दार्जिलिङ’को सहकार्यमा सेन्ट जोसेफ स्कुल, नर्थ प्वाइन्टमा आयोजित कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्र प्रशासनिक सभाका उपाध्यक्ष राजेश चौहानले ती सम्मान प्रदान गरेका हुन् ।  उपाध्यक्ष चौहानले समाजलाई अग्रगमनका लागि शिक्षाको महत्व अनिवार्य भएकाले यस क्षेत्रमा योगदान दिने र रचनात्मक कार्य गर्नेलाई सम्मानित गर्नुपर्नेमा जोड दिए । सेन्ट जोसेफ स्कुलमा नेपालका पूर्वराजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, भुटानका वर्तमान राजा, थाइल्याण्डका राजपरिवारका सदस्यले पनि अध्ययन गरेका थिए । दक्षिण एसियाली मुलुकमा सामुदायिक र निजीस्तरको शिक्षा क्षेत्रमा उहाँहरुले प्रदर्शन गर्नुभएको योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण, सृजनात्मकता, व्यावसायिक विकासका लागि सम्मान प्रदान गरिएको शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिए ।

सम्मानित हुनेमा नेपालबाट  हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवाल, जेम्स स्कुलका प्रिन्सिपल अनिलचन्द्र राई, सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर स्यामुअल सिमिक, प्रेरणा विद्यासदनका प्रिन्सिपल हीरा महर्जन, विद्यालयमा पठन संस्कृतिका अभियन्ता शरदबाबु श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष सङ्गीता सिलवाल, ऐसेलु भूमे माध्यमिक विद्यालय व्यवस्थान समितिका अध्यक्ष नन्दराम न्यौपाने, भारतबाट सेन्ट पल स्कुलका पिटर लेप्चा, इटन गार्डेन स्कुल, द टेलिग्राफ पत्रिकाका सहसम्पादक विवेक क्षेत्री र सेन्ट जोसेफ स्कुल भूटानबाट लोसेल ग्याष्ट्रो एकेडेमीका पिन्सिपल छिरिङ डिमा थिए ।

कार्यक्रममा उच्चशिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले अशल शिक्षा प्रणालीले मुलुुकको विकासका लागि अगुवाइ गर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा निरन्तर सेवा गरी विशिष्टता प्रदर्शन गर्नेलाई हुने सहकार्यले दक्षिण एसियाली मुलुकको शिक्षा क्षेत्र लाभान्वित हुने बताए ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का वरिष्ठ उपाध्यक्ष दीपिका थापाले शिक्षा क्षेत्रमा गरिएको समर्पण र लगानी भविष्यको पुस्ताका लागि सम्पति भएको बताइन् ।

‘सार्क जर्नालिष्ट फोरम’ का अध्यक्ष राजु लामाले शिक्षा र सञ्चारको सहकार्य तथा दक्षिण एसियाली मुलुकमा सामाजिक रुपान्तरणबारे चर्चा गरिएको कार्यक्रममा उक्त संस्थाका महासचिव एमडी अब्दुर रहमान, भारत च्याप्टरका अध्यक्ष डा अनिरुद्ध शुधाम्शु, नेपाल च्याप्टरका अध्यक्ष प्रकाश सिलवाल, भारतको सूचना तथा प्रसारण मन्त्रालयको केन्द्रीय चलचित्र बोर्डको सल्लाहकार शेख रइस अहमदलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...