नेपाल असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास दिलाउन प्रचण्डलाई एमालेकाे सुझाव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ । सुझाव संकलन गर्न सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्री समक्ष एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताए । उनले भने, नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...