एमाले बागमती प्रदेश अधिवेशनको लोगो तयार



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ । कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको लोगो पदाधिकारी र इन्चार्जको सुझावअनुसार टुंगो लगाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । लोगोमा बागमती प्रदेशभित्रका हिमाल, पहाड र तराईको भू(भाग दर्शाउने आकृति, सांस्कृतिक, धार्मिक पहिचानका र जातजाति, भेषभूषा, जीवजन्तु साथै यहाँको परिवर्तन र शहीदहरूको स्मरण गरिएको छ । अब समृद्ध बागमती प्रदेश निर्माणका लागि एमालेकै नीति र नेतृत्व आवश्यक छ, भन्ने झल्काउन एमालेको झण्डा र चुनाव चिन्ह सूर्य सजाइएको बर्तौलाले बताए । असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी सहरसमेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको अध्यक्ष केशव देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...