सत्तापक्षका नेताहरूमाथि नै आक्रमण हुन थाल्यो : महेश बर्तौँला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले सत्तापक्षकै नेता असुरक्षित भएको घटनामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिन माग गरे । उनले भने, ‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो। हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने । त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...