नेपालमा ६२ प्रतिशतमात्रै किसान परिवार



 

 

 

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । त्यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले बताए । उनले अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको बताए । उनले पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको बताए । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको छ । २०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको हो । राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएपनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उल्लेख छ । २०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सिमित भएको छ । ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको छ । पछिल्लो १० वर्षमा गाई गोरु,राँगा र भैँसी घटेपनि बाख्रा र च्याङ्गा भने १ करोड १० लाखबाट बढेर १ करोड ४२ लाख पुगेको छ ।

सुँगुर र बँगुर पनि ८ लाखबाट बढेर १४ लाख पुगेको तथ्याङले देखाएको छ । गाईको संख्या घटेपनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै, कृषकहरुले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको जोशीले बताए । कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेका छन् । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको तथ्याङमा देखिएको छ । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ । कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरुको कृषि ऋणमा चासो नदेखाएको देखिएको जोशीले जानकारी दिए । उनले कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको छ ।सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर रहेको पाइएको छ । गणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषिगणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा

प्रदेशको नामकरण पहिचानको विषय होइन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको

कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ

    नेकपा एमालेका युवा नेता तथा इलाम २ का नवनिर्वाचित सांसद सुहाङ

एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम