प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ । प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच झन्डै एक घन्टा छलफल चलेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...