बैंकहरूले आफ्ना कर्मचारीलाई १० अर्ब बोनस दिने



 

 

बैंकको जागिरलाई निकै आकर्षक र सुरक्षित मानिन्छ । उनीहरूले पाउने लाभांशले पनि बैंकको जागिरलाई उत्तिकै आकर्षक बनाएको छ । नेपालमा बैंक तथा वित्तीय संस्थालाई ‘क’ वर्ग (वाणिज्य बैंकहरू), ‘ख’ वर्ग (विकास बैंकहरू), ‘ग’ वर्ग (फाइनान्स कम्पनी) र ‘घ’ वर्ग (लघुवित्त वित्तीय संस्था) गरी चार भागमा वर्गीकरण गरेको छ । यसमध्ये पनि चुक्ता पुँजीका आधारमा ठूला बैंक मानिने वाणिज्य बैंकमा अझ बढी कर्मचारीको आकर्षण छ । अन्य वर्गका वित्तीय संस्थामा जागिर खाइरहेका कर्मचारीलाई पनि वाणिज्य बैंकतर्फ सिफ्ट हुने लहर र रहर नै छ ।

कुनै बेला नेपालमा ३२ वटासम्म वाणिज्य बैंक रहेकोमा मर्ज भएर २० मा झरेको छ । ती २० बैंकले गत आर्थिक वर्ष (२०७९/८०) को नाफाबाट आफ्ना कर्मचारीलाई ९ अर्ब ४ करोड ९१ लाख रूपैयाँ लाभांश छुट्याएको छ । यसरी बोनस दिनेमा सबैभन्दा अगाडि आएको छ नबिल बैंक । यस बैंकले आफ्ना कर्मचारीका लागि १ अर्ब १९ करोड ८० लाख रूपैयाँ छुट्याएको छ । नबिल गत वर्ष नाफा कमाउने बैंकहरूमा सबैभन्दा अग्रस्थानमा छ । यस कारण पनि यसले दिने बोनस सबैभन्दा बढी देखिन्छ । स्मरण रहोस् नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेको थियो । यस्तै अर्को वाणिज्य बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । पछिल्लो पटक बैंक अफ काठमाण्डुलाई गाभेको ग्लोबल आईएमईले कर्मचारीका लागि १ अर्ब १२ करोड २० लाख रूपैयाँ बोनस छुट्याएको छ ।

सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था आफूमा समाहित गरेको ग्लोबल आईएमई नाफाका आधारमा पनि दोस्रो स्थानमा थियो भने कर्मचारीलाई बढी बोनस दिनेमा पनि दोस्रो स्थानमा देखिएको छ । ग्लोबल आईएमईले गत वर्ष ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको थियो । मेगा बैंकले गाभेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने कर्मचारीका लागि बोनस छुट्याएको देखिदैन । नेपाल राष्ट्र बैंकको तथ्यांकमा इन्भेष्टमेन्ट मेगा बैंक बाहेक सबै बाणिज्य बैंकले आफ्नो क्षमता अनुसार कर्मचारीलाई बोनस रकम छुट्याएको देखिन्छ ।

सबैभन्दा कम बोनस बाड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ । यस बैंकले २३ करोड ६० लाख रुपैयाँ बोनस छुट्याएको छ । यस्तै कृषि विकास बैंकको पनि अन्य बैंकको तुलनामा कम बोनस रहेको छ । बैंकहरूले घोषणा गरेको बोनस साधारणसभाले पारित गरेपछि अधिकांश बैंकहरूले वितरण गर्नेछन् भने केहीले आर्थिक वर्षको अन्त्यपछि दिनेछन् । यस्तै केहीले चाडबाड लक्षित (दशैँ तिहार) गरी बोनस वितरण गर्नेछन् ।

विकास बैंकले ८२ करोड बोनस दिने

ख वर्गका विकास बैंकहरूले पनि ८२ करोड रूपैयाँ बोनस वितरण गर्दैछन् । १२ वटा विकास बैंकले बोनस दिनेछन् भने ५ वटा विकास बैंकले भने कर्मचारीको हात खाली गर्दैछन् । विकास बैंकहरूमा सबैभन्दा राम्रो बोनस मुक्तिनाथ विकास बैंकले दिनेछ । यसले वाणिज्य बैंकहरूकै हाराहारीमा बोनस वितरण गर्दैछ । यसले २१ करोड ६० लाख रूपैयाँ बोनस कर्मचारीका लागि छुट्याएको छ । यस्तै गरिमा विकास बैंकले पनि १९ करोड ३० लाख रूपैयाँ बोनस वितरण गर्दैछ । नारायणी, कर्णाली, साइन रेसुंगा, सलपार सप्तकोशी विकास बैंकले भने बोनस छुटएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्