चीनमा एमालेलाई ‘सि विचारधारा’को क्लास



हाम्रो इकोनोमि

 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । जनवादी गणतन्त्र चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ ।कार्यक्रममा सहभागी हुँदै महासचिव पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) को सम्मान गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षासहित नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरिरहेको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार गरिने उनको भनाइ थियो ।

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सि विचारधारा’ विषयमा प्रस्तुति गरेका थिए । टोलीमा एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुकादेवी हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...