एमाले लुम्बिनी अधिवेशन : ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३६४ जनाको उम्मेदवारी



हाम्रो इकोनोमि

 

 

शनिबारदेखि सुरू भएको नेकपा (एमाले)लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्वका लागि सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन समितिले पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा हरि रिजाल प्यूठान र राधाकृष्ण कँडेल पाल्पाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक बाँके, भोजप्रसाद श्रेष्ठ रुपन्देही, विश्वराज बराल रुपन्देही, शान्ताकुमारी वली रोल्पाले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य दाङ र सोमनाथ सापकोटा गुल्मीले उम्मेदवारी दिएका छन् । उपसचिव पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सदस्यहरूमा ३ सय ६४ जनाको उम्मेदारी परेको छ । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा त्यो भन्दा धेरै उम्मेदारी परेपछि निर्वाचन प्रकृया थालिएको हो । अहिले दावी विरोधको समय चलिरहेको र त्यसपछि उम्मेदारी फिर्ताको समय दिइएको निर्वाचन समितिका सदस्य विष्णु खनालले बताए । उनका अनुसार दावीविरोधपछि साढे २ बजेपछि पुनः उम्मेदारहरुको नमावली प्रकाशन गरिने छ । अन्य निर्वाचन प्रकृयाको समय भने अहिले तोकिएको छैन ।

उम्मेदारहरुको नमावली

                

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...