चुच्चे नक्साबारे सरकारले कुन कुन देशलाई पत्राचार गर्‍यो : रघु पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद रघु पन्तले वर्तमान सरकारले चुच्चे नक्सा हाम्रो आधिकारिक हो भनेर कुन कुन देशलाई पत्राचार गरेको छ, सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘चीनले हालैमात्र नयाँ नक्सा जारी गर्‍यो । छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा छैन । परराष्ट्रमन्त्री अघिल्ला सरकारहरुले चिठ्ठी नै लेख्या रैन्छ भनेर आलोचना गरेर बसिराख्नुभएको छ । यो सरकारको दायित्व हो । परराष्ट्र मन्त्रालय र सरकारले हाम्रो संसदले पारित भएको नक्सालाई कुन कुन देशसँग के के पत्राचार गरेको छ रु त्यसको जानकारी संसदलाई देओस् । उनले प्रधानमन्त्रीले पटक पटक घोषणा गरेर पनि चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्य नथालेकोप्रति आपत्ति जनाए । सांसद पन्तले खेलमैदान, घोषणा गरेको पुरस्कार केही नदिने सरकारले भारतविरुद्ध छक्का नै छक्का हानोस् भन्ने अपेक्षा राख्न नसुहाउने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...