यती होल्डिङ्स र वाइडबडीको तत्काल छानबिन गर्न ओलीको चुनौती



 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्सले कहाँ कहिले नेपाल ट्रष्टको जग्गा लिजमा लिएको हो भन्ने कुरा चाँडो छानबिन गर्न सरकारलाई फेरि चुनौती दिएका छन् । एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले यतीले कुन जग्गा कसको पालामा लिएको थियो भन्ने विवरणसमेत खुलाउँदै चाँडो छानबिन गर्न चुनौती दिएका हुन् । ओलीका अनुसार गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको बताए । त्यस्तै दरवारमार्गको जग्गा प्रचण्ड प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको र छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको समेत ओलीले बताए । ओलीले राष्ट्रिय पूँजीपति र व्यवसायीमाथि सरकारले धावा बोल्न थालेको भन्दै तस्करीमा संलग्न सरकारले गरिव नेपालीले गरिखाएको देख्न नसकेको आरोपसमेत लगाए । यती होल्डिङ्स सोलुखुम्बुका ल्हाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा दाजुभाइले स्थापना गरेका थिए ।

ट्रेकिङ मजदुरबाट पर्यटन क्षेत्रमा लागेका शेर्पाले दुःख गरेर स्थापना गरेको व्यवसायमाथि भ्रष्टहरूको गलत नजर परेको भन्दै ओलीले सुन तस्करका संरक्षकले राष्ट्रिय व्यवसायीहरूलाई आतंकित बनाइरहेको बताए । ओलीले वाइडबडी जहाज खरिद प्रकरणको पनि तत्कालै छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । जहाज खरिद सम्झौता गरेर सिंगापुरमा कमिसन बुझ्नेहरूले नै एमालेमाथि प्रश्न उठाएको भन्दै छानबिन गरेर जेल जान सत्तापक्षलाई चुनौती दिए ।

यस्तो छ ओलीको भनाइ

ब्रेक सु भनेर साढे ९ किलो सुन आयो । साढे ९ किलो सुन हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरि आयो । स्टोरमा राखियो, स्टोरबाट हरायो । कसरी हरायो भनेपछि फेरि आयो । के आयो भनेर हेर्दा त बजारबाट नक्कली सिगरेट किनेर त्यस्तै पारेर राखेको रहेछ । नक्कली छ कि सक्कली हामी हेर्छौँ भनेपछि फेरि त्यो हरायो, सक्कली नै आयो । कति आयो थाहा छैन । फेरि सक्कली हरायो, अहिले त हरायो भन्दैछन् फेरि ल्याउँछन् कि ल्याउँदैनन् थाहा छैन । कति तमासा, कस्तो तमासा, लाज लाग्दो घिन लाग्दो तमासा, अनि फेरि तिनीहरू नै भन्छन् भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न भन्छन् कठैबरी, भ्रष्टाचारको मेरो अभियान भन न किन विरुद्धको भन्छौ रु विरुद्ध भन्ने हटाइदेऊ, भ्रष्टाचारको मेरो अभियान रोकिन्न भन्न सुहाउँछ । जसले एउटा आइटममा क्विन्टलका क्विन्टल सुरु कति दिनदेखि ल्याउँछ। पक्राउ परेको मान्छे को छ रु भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ रु विदेशीलाई नागरिकता दिएर २० हजार लिएर दर्ता गराउने को हो त्यो रु कल्ले नागरिकता दिने भन्यो रु कल्ले आदेश दियो रु कल्ले नागरिकता बनायो रु त्यो खोजी गर न । अहिले भ्रष्टाचार नियन्त्रण र विरोधका नाममा राष्ट्रिय उद्योगपति र राष्ट्रिय पूँजीलाई गला थिच्ने र रेट्ने काम यो सरकारले गर्न खोजीराख्या छ, गरिराख्या छ । यती यती यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराउँछ । खोजी गर न त यो सरकारलाई भन्दैछु म । खोजी गर राष्ट्रिय पूँजीविरोधी हौ, एउटा गरिबले गरिखाएको तिमीहरूले देख्न सक्दैनौं । गर न त छानबिन गर । यदि यती होल्डिङ्सलाई दरबारको पालादेखिको खोजेर ल्याउनुपर्छ, दरबारले विदेशी नागरिकलाई गोकर्णको जग्गा लिजमा दिएको । विदेशी नागरिकबाट नेपालले पाउनुपर्छ, लिनुपर्छ भन्दा विभिन्न घरानाहरूको बीचमा लडाइँ पर्‍यो । ती घरानाहरूको बीचमा लडाइँ पर्दा सोझो शेर्पाले बढी पैसा तिरेर आफ्नो नाममा गर्‍यो होला । सुशील कोइराला प्रधानमन्त्री हुँदा लिज ट्रान्स्फर भनेको विदेशीबाट नेपालीले लिन पाउँछ यति होल्डिङ्सले लिन पाउँछ भनेर सुशील कोइरालाले निर्णय गरे ।

दरबारमार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा लिजमा दिएको हो । सोल्टी होटेलका छेउको त्यहाँको जमिन दिने शेरबहादुर देउवा हुन् । खोजी गरन त यती होल्डिङ्सलाई क(कसले दियो रु अनि हामीसँग नाम जोड्छन् । वाइडवडी किन्छन् उनीहरु । कमिसन खान्छन् उनीहरु । जर्मनीबाट कसैको नाममा सिंगापुरमा आउँछ पैसा, त्यहाँबाट गायब हुन्छन् । अनि वाइडवडी भन्छन् । मैले भनेको छु खोज न । वाइडवडी खोज जेल जाऊ । छानबिन गर जेल जाऊ । नेकपा एमालेले केही गरेको छैन । हामी भ्रष्टाचार गर्नको लागि सरकारमा जाने होइन । भ्रष्टाचार गर्नको लागि राजनीति गर्ने पार्टी होइन । हामी ज्यान हत्केलामा राखेर जेल, नेल काटेर, भूमिगत गएर अनेक साथीहरूले बलिदान भएर त्यसरी आएका हौं । एमालेका नेताहरू कष्टकर भूमिगत जीवन, जेल जीवन बिताएर आएका नेताहरु हुन् । त्यसकारण एमालेका नेताहरुलाई आफन्त पोस्नु छैन । अर्को, कुरा एमालेभित्र पनि कहिँ कसैको गल्ती, त्रृटि पाइयो भने् एमालेले बाँकी राख्दैन । तर, अहिले जसरी आरोपित गर्ने गरेको छ, ती अपराधीहरुले आरोप लगाएका भरमा पत्याउँदै जाने हो भने त यिनीहरूले उल्टा सुल्टा गर्छन् । उल्टा कुरा । अहिले तस्करी कसले गराएको छ रु हामीले गराएको हो रु अहिले भ्रष्ट र तस्करहरूलाई बयानसम्म नगराइ साढे ९ केजी सुनमा कनेक्सन देखिन्छ । प्रत्यक्ष संलग्नता छ । किन बयानसम्म गराइँदैन । दुनियाँले देखेको छैन । तसर्थ म साथीहरुलाई कुनै किसिमको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो उद्देश्य समृद्ध नेपाल सुखी नेपाली हो । त्यस दिशामा अगाडि बढ्न ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित

    जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको

बाराको जीतपुर सिमरा उपमहानगरको नगर सभामा झडप

    बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति

कानुन मन्त्री र संसदका कर्मचारीबीच वार्ता

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद

सहकारी पीडितको काठमाडौंमा प्रदर्शन

    सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण