नेकपा एसमा माधव नेपाल अल्पमतमा, झलनाथ पक्षको एकलौटी



हाम्रो इकोनोमि

 

 

 

नेकपा एसको सचिवालयभित्र माधव नेपाल नै अल्पमतमा भएपछि युवा संघको नेतृत्व विवादमा झलनाथ पक्षले एकलौटी गरेको खुलेको छ । भदौ ९ गते युवा संघ नेपालले केन्द्रीय सचिवालय बैठक बोलायो । उक्त बैठकबाट तत्कालीन अध्यक्ष नरेश शाही बिदा हुनुपर्ने र आयोजक कमिटी बन्नुपर्ने थियो । युवा संघको संयोजकका आकांक्षीमा माधव नेपालका भाञ्जा नितेश पौडेल र म्याग्दी जिल्ला पार्टी अध्यक्षसमेत रहेका कृष्ण विकको दाबी थियो ।

विकलाई बिदा हुने अध्यक्ष नरेश शाही, महासचिव दीपक जिएमहरूको साथ थियो । पौडेललाई युवा संघकी इञ्चार्ज दिलु पन्त, गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ दीपक मनाङे सहितको साथ थियो । सचिवालय सदस्य क,कसलाई मान्ने भन्ने विवाद सुल्झिन नै समय लाग्यो । पहिला पार्टीको संगठन विभागका सचिव लक्ष्मण केसीको संयोजकत्वमा एउटा कार्यदल बनाइयो । उक्त कार्यदलले दुवै पक्षले तयार पारेको नामलाई काँटछाँट गर्दै सचिवालयको नामावली तय गर्‍यो । त्यसअनुसार भदौ ९ गते बैठक बस्ने भनी सबैलाई खबर भयो । तर, महाधिवेशन आयोजक कमिटीको संयोजक बनाउने विषयमा भएको पूर्व छलफलका क्रममा दुवै पक्षको दाबी उत्तिकै कायम हुँदा निर्णय हुन सकेन ।

बैठक बस्नुअघि नै गञ्जागोल शुरु भयो । सचिवालय बैठक बसेको भए र मतदानबाट आयोजक कमिटी चयन गर्ने स्थिति हुँदा नितेश पौडेल बलियो हुन्थे । त्यसैले त्यो अवस्था नआओस् भन्नका लागि नरेश शाही पक्षले कालोपुलमा र पौडेल पक्षले नयाँ बानेश्वरमा अलग अलग भेला बोलाए । दुवै भेलाका निम्ति सचिवालय सदस्यहरू आ–आफ्नो रुचिअनुसारको ठाउँमा जुटे । यदि ती भेला सम्पन्न भएको भए अलग अलग आयोजक कमिटी बन्ने अवस्था हुन्थ्यो । यस्तो स्थिति नआओस् भन्नका लागि माधव नेपाल र झलनाथ खनालकै सक्रियतामा दुवै भेला स्थगित गराइयो । रमाइलो के भयो भने नरेश शाही पक्षले कालोपुलमा राखेको भेलामा गुन्डा नाइके चक्रे मिलन पुगेका थिए भने पौडेल पक्षको भेलामा दीपक मनाङे ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...