चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा एमाले महासचिवको टोली चीन जाँदै



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावना भ्रमण गर्ने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्ने एमाले केन्द्रीय प्रसारण तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् । भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ ।

 

को-को छन् भ्रमण टोलीमा ?

१. शंकर पोखरेल, महासचिव

२. डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

३. राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

४. ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य

५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य

६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

७. सहदेव बोगटी, केन्द्रीय सदस्य

८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

१०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

११. रचना खड्का, केन्द्रीय सदस्य

१२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

१३. मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य

१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

१५. लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

१६. पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

१७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका

 

सचिवालय

२१. राजेश राई

२२. सरोजकुमार रेग्मी

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...