एमसीसी विरुद्ध विप्लवको आन्दोलनको घोषणा



हाम्रो इकोनोमि

 

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९ देखि २३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको नेता अनिल शर्माले बताए । उनका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ । यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताए । उनले चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बताए । ‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, उनले भने । ‘महासचिव विप्लवले सैन्य रणनीतिअन्तर्गत लैजान दिनुहुँदैन त्यो हो भने हामी मान्दैनौं भनेर प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ । माधव नेपालजीले पनि सहयोगमात्र हो भनेर बुझेका छौं दायाबाया हो भने स्वीकारिन्न भनिसक्नुभएको छ’, अनिलले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...