शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणअघि एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको टोली आइतबार चीन प्रस्थान गर्न लागेको हो । भ्रमणको मिति तय भएपनि अहिलेसम्म कति जना जाने भन्ने टुंगो लागिनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘महासचिवको नेतृत्वमा जान्छौं । त्यसमा विदेश र प्रचार विभाग प्रमुख जाने निश्चित छ । अरुको नाम टुंगिएको छैन । यस्तै, विदेश विभाग प्रमुख राजन भट्टलाईले पनि भ्रमण टोलीको नाम नटुंगिएको बताए । उनले भने, ‘सीपीसीको निमन्त्रणामा भ्रमणमा जान लागेका हौं । कति सदस्यीय टोली जाने भन्ने अहिलेसम्म टुंगिएको छैन । भोलिसम्म हामी टुंग्याउँछौं । पार्टी नेतादेखि भातृ संगठनका प्रतिनिधि भ्रमण टोलीमा रहने बताइएको छ । आइतबार चीन प्रस्थान गरेका एमालेका नेताहरू दुई साता उतै रहनेछन् । त्यसो त प्रधानमन्त्री दाहाल प्रचण्ड पनि संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर न्युयोर्कबाट असोज ५ मा बेइजिङ जाँदैछन् । त्यसअघि माओवादी महासचिव देव गुरुङ नेतृत्वको टोली चीन भ्रमणमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...