शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणअघि एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको टोली आइतबार चीन प्रस्थान गर्न लागेको हो । भ्रमणको मिति तय भएपनि अहिलेसम्म कति जना जाने भन्ने टुंगो लागिनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘महासचिवको नेतृत्वमा जान्छौं । त्यसमा विदेश र प्रचार विभाग प्रमुख जाने निश्चित छ । अरुको नाम टुंगिएको छैन । यस्तै, विदेश विभाग प्रमुख राजन भट्टलाईले पनि भ्रमण टोलीको नाम नटुंगिएको बताए । उनले भने, ‘सीपीसीको निमन्त्रणामा भ्रमणमा जान लागेका हौं । कति सदस्यीय टोली जाने भन्ने अहिलेसम्म टुंगिएको छैन । भोलिसम्म हामी टुंग्याउँछौं । पार्टी नेतादेखि भातृ संगठनका प्रतिनिधि भ्रमण टोलीमा रहने बताइएको छ । आइतबार चीन प्रस्थान गरेका एमालेका नेताहरू दुई साता उतै रहनेछन् । त्यसो त प्रधानमन्त्री दाहाल प्रचण्ड पनि संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर न्युयोर्कबाट असोज ५ मा बेइजिङ जाँदैछन् । त्यसअघि माओवादी महासचिव देव गुरुङ नेतृत्वको टोली चीन भ्रमणमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...