३ देशका लागि भारतद्वारा चामल निर्यात फुकुवा, नेपालमाथि हटेन प्रतिबन्ध



हाम्रो इकोनोमि

 

 

भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ, भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ । भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो । विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो । भारतले गत २० जुलाइमा निर्यात रोकेको थियो । तर ति देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरुका लागि सिमित मात्र चामल निर्यात गर्न दिएको हो । यता नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो । तर भारतले अहिलेसम्म सो पत्रको प्रतिक्रिया नपठाएको बुझिएको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो । भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...