एमालेमा प्रदेश अध्यक्षमा उम्मेदवार बन्नेको केन्द्रीय सदस्यको पद चट्



हाम्रो इकोनोमि

 

नेकपा एमालेको आसन्न प्रदेश अधिवेशनहरूमा अध्यक्ष वा अन्य पदाधिकारीमा उम्मेदवार बन्ने केन्द्रीय सदस्यको पद तत्कालै रिक्त हुने भएको छ । प्रदेश अध्यक्ष पोलिटब्युरो सदस्य सरह हुनेपछि एमालेका भूगोल केन्द्रित केन्द्रीय सदस्यहरूको रुचि प्रदेश कमिटी अध्यक्षमा देखिएको छ । तर केन्द्रीय सदस्यहरू प्रदेशको नेतृत्वमा आएकोमा गैर केन्द्रीय सदस्य नेताहरू पनि असन्तुष्ट छन् । पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरू प्रदेशको महाधिवेशन प्रतिनिधि बन्दैमा पद नजाने गरी बाधा अड्चन फुकाइदिएको छ । यसअघि प्रदेश महाधिवेशन प्रतिनिधि बन्नासाथ केन्द्रीय सदस्य पद जाने कि नजाने भन्ने अन्योल थियो । एमाले केन्द्रीय संगठन विभाग सदस्य आनन्द पोखरेलले प्रदेश महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय सदस्यहरूलाई बाधा नरहेको बताए । उनले प्रदेशको नेतृत्वमा प्रत्याशी बन्न निर्वाचन वा मनोनयनबाट प्रतिनिधि भने बन्नुपर्ने बताए । पोखरेलले भने– निर्वाचन वा मनोनयनबाट प्रतिनिधि बन्नुपर्छ । प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्य पद केही हुन्न । तर प्रदेश अध्यक्षको वा अन्य उम्मेदवारी दिएपछि भने सम्बन्धित व्यक्तिको केन्द्रीय सदस्य पद रिक्त हुन जान्छ । केन्द्रीय सदस्य रिक्त हुने भएपछि हाइककमाण्डको ग्रीन सिग्नलबिना जोखिम मोलेर प्रदेश अध्यक्षमा उम्मेदवार बन्ने सम्भावना कम हुने नेताहरूको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...