एमसीसीले समाजवादी मोर्चामा खटपट, धनगढीको सभा स्थगित



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना (एमसिसी) को विवादले समाजवादी मोर्चामा खटपट देखिएको छ । सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय सन्देशसभा स्थगित भएको छ । आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो । आज एमसीसी कार्यान्वयनमा जाँदैछ । तर, एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने विप्लवले बताएपछि आजको सभा स्थगित भएको नेकपा नेता अनिल शर्माले बताए ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो । विप्लवले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको बताइएको छ । उनले भने, ‘सरकार एमसीसीमा लागेपछि धनगढीको सभा स्थगित भयो । एमसिसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । मोर्चाको घोषणापत्रममा राष्ट्रिय स्वाधिनता र समाजवादको निम्ति सहकार्य गर्ने भन्ने छ । राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि सँगै सभामा जान नसकिएको उनको भनाइ छ । तर, मोर्चाका अन्य दलका नेताहरूले भने शीर्ष नेताहरूको कार्यव्यस्थताले गर्दा बैठक स्थगित भएको दाबी गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...