एमसीसीले समाजवादी मोर्चामा खटपट, धनगढीको सभा स्थगित



 

 

अमेरिकी सहयोग परियोजना (एमसिसी) को विवादले समाजवादी मोर्चामा खटपट देखिएको छ । सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय सन्देशसभा स्थगित भएको छ । आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो । आज एमसीसी कार्यान्वयनमा जाँदैछ । तर, एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने विप्लवले बताएपछि आजको सभा स्थगित भएको नेकपा नेता अनिल शर्माले बताए ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो । विप्लवले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको बताइएको छ । उनले भने, ‘सरकार एमसीसीमा लागेपछि धनगढीको सभा स्थगित भयो । एमसिसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । मोर्चाको घोषणापत्रममा राष्ट्रिय स्वाधिनता र समाजवादको निम्ति सहकार्य गर्ने भन्ने छ । राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि सँगै सभामा जान नसकिएको उनको भनाइ छ । तर, मोर्चाका अन्य दलका नेताहरूले भने शीर्ष नेताहरूको कार्यव्यस्थताले गर्दा बैठक स्थगित भएको दाबी गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्