पुल्चोक इन्जिनियरिङ कलेजमा अनशन समर्थक समूहले प्रदर्शन



हाम्रो इकोनोमि

 

 

इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्ध अनशन समर्थक समूहले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट आमरण अनसन समूहले प्रदर्शन गरेका हुन् । उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको भीसी, डीन, कानुन र न्‍यायको शव यात्रा निकालेका छन् । शव यात्रा निकाल्‍ने क्रममा प्रहरीले उनीहरूको प्रदर्शनमा हस्तक्षेप गरी त्यही रोकेको छ । शुल्क वृद्धिको विरोधमा नेविसंघका विद्यार्थी नेता पनि आमरण अनसनमा बसिरहेका छन् । यस्तै समाजवादी मोर्चा निकटका विद्यार्थीहरू अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन बसेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ । उनीहरूले शुल्क वृद्धिको विरोधमा आमरण अनसनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...