ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई कारबाही गर : ठाकुर गैरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमको जवाफमा कुनै उत्साह र जाँगर नभएको टिप्पणी गरेको छन् । प्रधानमन्त्रीको जवाफपछि बोल्दै उनले कुनै ठोस योजना नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीमा यस्तो निराशा किन  ? भ्रष्टाचारको विरुद्ध हामीले आन्दोलन गर्नुपर्‍यो । प्रधानमन्त्रीको अभिव्यक्तिसँगै सामाजिक सद्भावमाथि भइरहेको अहिलेको कुरालाई कसरी हेर्ने   ? उनले आफूलाई सदनमा फेरि नारा लगाउन मन लागेको भन्दै भने, ‘सुन तस्करका नाइकेहरूलाई कारबाही गर, भ्रष्टाचारीहरूलाई कारबाही गर, नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर विदेशमा बेच्ने र अर्बौँ कमाउनेलाई कारबाही गर, ललिता निवासमा निर्णयकर्तालगायत अन्य जग्गा तस्करीलाई कारबाही गर, जातीय सद्भाव, धार्मिक सहिष्णुता कायम गर, नेपाली जनताको सामाजिक सुरक्षासहितको राष्ट्रिय एकता कायम गर । उनले एमालेले यो नारालाई सधैँ घन्काइरहने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...