निर्णयकर्ता उन्मुक्ति दिनेदेखि सीआईबीको दुरुपयोग गरेको एमालेको आरोप



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो किसिमको नाटक भएको टिप्पणी गरे । उनले भने, ‘भ्रष्टाचारका नाइकेहरूलाई अदालतले पक्रेर छानबिन गर भन्दा छानबिन गर्दैन । अहिले संगठिन अपधारमा मुद्दा चलाएर थुनामा ६० दिनसम्म थुनामा राखिन्छ । अहिले के मिलेमतो भयो  ? के लेनदेन मिल्यो ? उनीहरूलाई संगठित अपराध होइन  ?  किर्तेमा मुद्दा चलाउने काम भएको छ । यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो  ? किन अदालतले थुनामा राख्नुपर्यो  ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ । उनले सीआईबीलाई निकम्मा बनाइएको उल्लेख गर्दै सुन तस्करीमा सत्तापक्षका देखेपछि त्यता आँखा लगाउन नसक्ने बताएको बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाउने प्रहरीहरूको छानिछानी सरुवा हुन्छ । तर, सुन तस्करीमा सत्ताको मान्छे पनि संलग्न भनेर बोल्दा सांसद सुनिल शर्मालाई बिनापूर्जी थुन्ने काम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...