माओवादी कमजोर भयो भने हामीलाई बाँकी राख्दैनन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक आफूले सरकारमा बसेर नयाँ जनयुद्धको सुरुआत गरेको बताएका छन् । पार्टीको जनतासँग माओवादी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिएर देश दुर्घटनामा पर्ने खतरा देखिएकाले आफूले प्रधानमन्त्रीको रूपमा माओवादीलाई मजबुत पार्न खोजेको बताए । उनले माओवादीको शक्ति कमजोर हुनासाथ प्रतिक्रियावादीले के के गर्छन् भन्ने देखिएकाले आफू शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि अग्रसर भएको बताए । उनले आफूमाथि मात्रै जनयुद्धकालीन ३६ वटा मुद्दा रहेको भन्दै माओवादी कमजोर हुनासाथ मुद्दाहरू थपिने दाबी गरे । प्रधानमन्त्रीले भने( माओवादी कमजोर हुने बित्तिकै प्रतिक्रियावादीहरुले के के गर्छन् तपाईँहरूले देखिरहनुभएको छ । हामीमाथि सयौँ मुद्दाहरू छन् । ममाथि मात्रै ३६ वटा मुद्दा छन्,हिजो आज मात्र २ वटा मुद्दा हालेका छन्,हामी फेरि एकजुट भयौँ भनेपछि अहिले ती थाती छन् ।

प्रचण्डले माओवादी कार्यकर्ताहरूको शीर उँचो राख्न आफूले यस पटक सरकारमा बसेर नयाँ खालको जनयुद्ध थालेका बताए । उनले अब तीन महिनापछि माओवादी नयाँ ढंगले बलियो भएर आउने आशा समेत व्यक्त गरे । उनले भने( माओवादी हौँ भन्न पनि कता कथा अप्ठेरो मान्ने अनि हाम्रा दुश्मन परिवर्तनका विरोधीहरूले हुंकार गर्ने अवस्थाको अन्त गर्न नयाँ जनयुद्धको सुरुआत गरेको छु । यो जनयुद्धमा हिंसा हुँदैन,हतियारको प्रयोग हुँदैन तर यो जनयुद्ध नै हो । यसको सुरुआत लिडरशीपबाटै हुनुपर्‍यो भनेर गरिएको छ । यसले लाखौँ करोडौँ जनताको मत जित्ने पनि छ । प्रचण्डले यो अभियानका क्रममा विरोधी जनताको घरमा समेत गएर समाजवादतिर मुलुकलाई लैजानेबारे जानकारी गराउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...