एमसीसीका विरोधीलाई छानीछानी चुनाव हराइयो : झलनाथ



हाम्रो इकोनोमि

 

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सवाल लामो समयसम्म अझै कुरा उठ्नसक्ने बताए । उनले भने, ‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ । अब जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त, त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके ।

साम्राज्यवादका सामुन्ने नतमस्तक भएर अनुमोदन गरियो । यो इतिहासको दुर्भाग्यपूर्ण क्षण हो । अब हामीले सडकबाट विरोध गर्नुको विकल्प छैन । सदनमा पनि कसैले उठाउन सक्छ । यसको विरुद्ध कुरा उठाएपछि तिनीहरुलाई हराउने नियतले एउटा ठूलो ग्राण्ड डिजाइन गरिएको थियो । त्यसको शिकार मलाई पनि बनाइयो । उनले एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको टिप्पणी समेत गरे । सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...