कोशी सरकार टिकाउन गठबन्धनले ‘ढाेक्सा’ थाप्दा रास्वपा बाइपास



हाम्रो इकोनोमि

 

 

 

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । सत्ता र प्रमुख प्रतिपक्षी दलबीच भएको भागबन्डाअनुसार नै आज दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । १० वटा समितिमा ११ वटा उम्मेदवारी परेको छ। दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा, जनमतले उम्मेदवारी दर्ता गराएका छन् । सबै दलहरुबीच सहमति गरेर अघि बढेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने एक्ल्याएका छन् ।

कांग्रेसको तर्फबाट राज्य व्यवस्थामा रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरणमा डा। आरजु राणा देउवा र अर्थ समितिमा सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराए । एमालेबाट महिला समिति किरण साह र लेखा समितिमा ऋषिकेश पोखरेल, माओवादीबाट कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा विमला सुवेदी, राप्रपाका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सत्तापक्ष र एमालेबीच सहमति भएर राप्रपालाई पनि अलग गराएका थिए । तर, कोशी सरकारलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीको भागमा परेको पूर्वाधार विकास समिति त्याग्न तयार भएको बताइएको छ ।

माओवादीबाट पूर्वाधार समितिको सभापतिमा उम्मेदवार बन्न तयार भएका सांसद माधव सापकोटालाई अन्तिम समयमा ब्याक सारिएको छ । माधव सापकोटाले कोशी सरकारलाई राप्रपाले विश्वासको मत दिने शर्त भएपछि गठबन्धनकै आग्रहमा आफू त्याग गरेको बताए । यद्यपि, राप्रपाले समितिको सभापतिसँग कुनै लेनदेन नगरेको दाबी गर्दै आइरहेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी स्वास्थ तथा शिक्षा, जसपाका राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध समिति, जनमतका अब्दुल खानले उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
तर, आफूहरूलाई एक्लाएपछि रास्वपाले गणेश पराजुलीलाई उद्योग समितिमा उम्मेदवार बनाएको छ । ९ समितिमा सर्वसम्मत नेतृत्व चयन हुने भएपनि उद्योग समितिमा भोलि निर्वाचन हुनेछ । यद्यपि, निर्विरोध भएपनि निर्वाचन कार्यतालिका अनुसार भोलि नै घोषणा हुनेछ । यस्तै, दुई विशेष समितिको निर्वाचन प्रक्रिया अघि बढेको छैन । संसदीय सुनुवाइ समिति संयुक्त कांग्रेस र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त० एमालेको भागमा परेको छ । यो विशेष समितिको निर्वाचन प्रक्रिया नै अघि नबढेको भएकाले उम्मेदवारको टुंगो नलागेको एमालेका सचेतक महेश बर्तौलाले बताए । यो समितिमा महिला पठाउने तयारी गरेपनि नाम नटुंगिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...