सामान्य अवस्थामा फर्कियो धरान, निषेधाज्ञा अन्त्य



हाम्रो इकोनोमि

 

 

खुलेआम गौहत्या र त्यसको विरोधमा गरिएको आन्दोलनले तनावपूर्ण बनेको धरान आज सामान्य अवस्थामा फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको निषेधाज्ञालाई आज निरन्तरता दिएन । गौहत्यामा संलग्नहरूलाई कारबाही माग गर्दै हिजो देशका विभिन्न भागबाट हिन्दू धर्मावलम्बीहरूले शान्तिपूर्ण र्‍याली निकालेका थिए । र्‍यालीका क्रममा कुनै पनि अप्रिय स्थितिको सिर्जना नभएपछि प्रहरी–प्रशासनले सन्तोषको सास फेरेका छन् ।

सुनसरीकी प्रजिअ हुमकला पाण्डेले आज स्थिति शान्तिपूर्ण रहेको बताइन् ।  उनले भनिन्, ‘निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने परिस्थिति छैन । आज सबै सामान्य अवस्थामा फर्किएको छ ।’ धरानमा आएका प्रदर्शनकारीहरू हिजो दिनभरिको प्रदर्शनपछि फर्किएका छन् । आज बिहानैदेखि आवागमन सुचारु भएको छ । सुरक्षा निकायहरू भने सतर्क अवस्थामा छन् । यता प्रहरीले गौहत्यामा संलग्नहरूमाथि अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । उनीहरूलाई चाँडै पक्राउ गरी मुद्दा दायर गरिने प्रजिअ पाण्डेले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...