धरानबासीलाई प्रधानमन्त्रीको अपील, एकता र सद्भावको पक्षमा उभिनुस्



 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई अपिल गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले हरेक समस्या र विमतिहरूलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्न सकिने स्मरण गराउँदै विभाजित मनोविज्ञानलाई प्रशय नदिन पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।’ एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्रै राष्ट्रिय एकता हासिल गर्न सकिने प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्