राप्रपा नेपालद्धारा तेस्रो जनआन्दोलनको गर्ने घोषणा



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल करिब डेढ वर्षपछि पुन राजसंस्था पुनस्स्थापनाको एजेन्डामा फर्किएको छ । पार्टीको केन्द्रीय समिति वैठकले आज यस विषयमा औपचारिक निर्णय लिँदैछ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् । राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुनेछ,’ उनले भनेका छन् ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएरु सडक आन्दोलनमा जानेसमेत थापाले बताए । उनले यसलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिएका छन् । नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको निम्ति नेपाली जनताद्वारा, नेपाली जनताको निम्ति नेपाली जनताको आन्दोलन नै तेस्रो जनआन्दोलन हो,’ उनले अर्थ्याएका छन् । थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गरेका छन् । थापाको उक्त कार्यपत्र आजको बैठकले पारित गर्नेछ । बैठकपछि दिउँसो २ बजे घोषणासभा राखिएको पार्टी प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपाले राजसंस्थासम्बन्धी पार्टीको नीतिमाथि पुनर्विचारका लागि एक समिति गठन गरेको थियो । उक्त समितिले राजसंस्था पुनस्र्थापनलाई नै पार्टीको प्रमुख एजेन्डा बनाउन सुझाव दिएको छ । हिजो सुरू भएको केन्द्रीय समिति बैठकमा कार्यदलले सो सुझावसहितको प्रतिवेदन पेश गरेको हो ।

समितिले देशको भूराजनीतिक अवस्थाको वस्तुगत समीक्षासहित पार्टीले राजसंस्थाको एजेन्डालाई नै आत्मसात गरेर जानुपर्ने सुझाव दिएको हो । देशमा वैदेशिक हस्तक्षेप बढेको भन्दै एउटा अभिभावक संस्था अत्यावश्यक भएको तर्क प्रतिवेदनमा गरिएको छ । राजसंस्थाको पुनस्स्थापनाको एजेन्डा त्याग्दा पार्टीले गति समात्न नसकेको विश्लेषण पनि गरिएको छ । यही प्रतिवेदनलाई समेट्दै अध्यक्ष थापाले कार्यपत्र प्रस्तुत गरेका हुन् । राप्रपा नेपालले धर्मनिरपेक्षता खारेज गरी हिन्दू राज्यको पुनस्स्थापना गर्नुपर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको थियो । राजसंस्था पुनस्स्थापनको एजेन्डालाई भने परित्याग गरेर गणतन्त्रलाई स्वीकार गर्ने निर्णय पार्टीले लिएको थियो । तर, राजसंस्थाको एजेन्डा त्याग्दा गएको चुनावमा निराशाजनक परिणाम प्राप्त भएको विश्लेषण पार्टीभित्र गरिएको छ । त्यसैले अध्यक्ष कमल थापा नै पार्टीको यो नीतिमा पुनर्विचार गर्ने पक्षमा उभिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...