चार जलविद्युतका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत



हाम्रो इकोनोमि

 

 

लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको ५५औं बोर्ड बैठकले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट ९ अर्ब ४६ करोड लगानी स्वीकृत गरेको हो । बैठकले दाङ राजपुर गाउँपालिकामा प्रस्तावित २४५ मेगावाट र २० मेगावाट क्षमतको सौर्य ऊर्जा अध्ययन अनुमति प्रदान गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले बताए । भट्टले भने, ‘परियोजना कार्यान्वयनसम्बन्धी अरुण ३ जलविद्युत परियोजनाको डाइरेक्ट एग्रिमेण्ट सम्बन्धमा छ ।

त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धमा रहेका छन् । त्यस्तै सौर्य ऊर्जा परियोजना कोहलपुर बाँडगंगाको डिटेल फिजिविलिटी स्टडीबारे बोर्डले जानकारी लिएको छ भने तल्लो अरुण जलविद्युत परियोजनाको लागि प्रारम्भिक अधिकारी तोक्ने सवालमा पनि बोर्डले आवश्यक निर्णय गरी मन्त्रीपरिषद्‍मा पठाउने कुरा गरेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सवालमा यस परियोजनाको विकासको खाका, परियोजनाको खाका, विकास ढाँचा र लगानीको ढाँचा तय गर्न गठित समितिको म्याद थप गरिएको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन परियोजना प्याकेज वानको बारेमा पनि बोर्ड बैठकलाई जानकारी गराइएको छ । त्यस्तै ‘सार्वजनिक(निजी साझेदारी ऐन(२०७५’ लाई संशोधनको प्रस्ताव तयार गर्न लगानी बोर्ड कार्यालयलाई स्वीकृति दिइएको छ । बैठकले तमोर जलविद्युत आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...