शिवशिखरका सञ्चालक शर्मादम्पतीको नाममा ३३ ठाउँमा जग्गा



 

 

शिवशिखर सहकाकारी तथा बहुउद्देश्यीय संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताको नाममा मात्र देशभर ३३ ठाउँमा जग्गा भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शर्माको नाममा १७ ठाउँ र गीताको नाममा १६ ठाउँमा जग्गा फेला परेको जनाएको छ । उनीहरूले खोलेका संस्था र कम्पनीका नाममा पनि देशका विभिन्न ठाउँमा जग्गा फेला परेको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शर्मा दम्पतीसहित १९ जनाविरुद्ध संगठितरूपमा सहकारी ऐनअन्तर्गतको कसूरमा बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सहकारीका एक हजार १ सय ४५ जना बचतकर्ताले जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालयले ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ २६ पैसा बिगो दावी गरेको छ । सीआईबीका अनुसार उक्त सहकारीमा २१ हजार ३ सय ६९ जना बचतकर्ताले २ अर्ब ११ करोड ५२ लाख ६२ हजार २ सय १९ रुपैयाँ २१ पैसा बचत गरेको पाइएको छ । अनुसन्धानमा सहकारीको नाममा विभिन्न ७ ठाउँमा जग्गा रहेको पाइएको छ । यस्तै शिवशिखर एग्रो प्रालिका नाममा २० ठाउँमा, त्रिदेवी फ्लोर एन्ड ओयल इन्डस्ट्रिजका नाममा ७ ठाउँमा, तुलसी कृषि अनुसन्धान केन्द्रका नाममा २२ ठाउँमा, गार्डेन मार्ट प्रालिका नाममा ७ ठाउँमा र नटराज एग्रो प्रालिका नाममा ३२ ठाउँमा, शिखर दीप एग्रोका नाममा २८ ठाउँमा, शिखर स्पाइस एन्ड फुड इन्डस्ट्रिजका नाममा एक ठाउँमा र अन्य तीन कम्पनीका नाममा झन्डै १० ठाउँमा जग्गा भेटिएको छ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा