शिवशिखरका सञ्चालक शर्मादम्पतीको नाममा ३३ ठाउँमा जग्गा



हाम्रो इकोनोमि

 

 

शिवशिखर सहकाकारी तथा बहुउद्देश्यीय संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताको नाममा मात्र देशभर ३३ ठाउँमा जग्गा भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शर्माको नाममा १७ ठाउँ र गीताको नाममा १६ ठाउँमा जग्गा फेला परेको जनाएको छ । उनीहरूले खोलेका संस्था र कम्पनीका नाममा पनि देशका विभिन्न ठाउँमा जग्गा फेला परेको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शर्मा दम्पतीसहित १९ जनाविरुद्ध संगठितरूपमा सहकारी ऐनअन्तर्गतको कसूरमा बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सहकारीका एक हजार १ सय ४५ जना बचतकर्ताले जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालयले ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ २६ पैसा बिगो दावी गरेको छ । सीआईबीका अनुसार उक्त सहकारीमा २१ हजार ३ सय ६९ जना बचतकर्ताले २ अर्ब ११ करोड ५२ लाख ६२ हजार २ सय १९ रुपैयाँ २१ पैसा बचत गरेको पाइएको छ । अनुसन्धानमा सहकारीको नाममा विभिन्न ७ ठाउँमा जग्गा रहेको पाइएको छ । यस्तै शिवशिखर एग्रो प्रालिका नाममा २० ठाउँमा, त्रिदेवी फ्लोर एन्ड ओयल इन्डस्ट्रिजका नाममा ७ ठाउँमा, तुलसी कृषि अनुसन्धान केन्द्रका नाममा २२ ठाउँमा, गार्डेन मार्ट प्रालिका नाममा ७ ठाउँमा र नटराज एग्रो प्रालिका नाममा ३२ ठाउँमा, शिखर दीप एग्रोका नाममा २८ ठाउँमा, शिखर स्पाइस एन्ड फुड इन्डस्ट्रिजका नाममा एक ठाउँमा र अन्य तीन कम्पनीका नाममा झन्डै १० ठाउँमा जग्गा भेटिएको छ।

प्रतिक्रिया दिनुहोस
बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...