यस्तो छ आजको तरकारीको भाउ, गोलभेँडा सस्तियो



 

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेँडा १००, टनेल गोलभेँडा सानो ५५, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भई कारोबार भइरहेको छ । एक सातामा ठूलो गोलभेँडा झण्डै ६० रूपैयाँ सस्तो भएको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५०, बन्दा लोकल ४५, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १६०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जन १३०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा ९मुंगरी० २८० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्