माधव नेपालले भने प्रस्ताव आउनुअघि केही थाहा थिएन



 

 

ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी साक्षी बनाइएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले चैत २०६६ मा प्रधानमन्त्री निवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनुअघिसम्म त्यसबारे विस्तृत विवरण आफूलाई थाहा नभएको बताएका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग ‘कागज गर्ने’ क्रममा उनले आफू प्रधानमन्त्री हुनुअघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भएको र त्यसबारे आफूलाई विस्तृत जानकारी नभएको दावी गरेका हुन् । ‘म नेपालको प्रधानमन्त्री पदमा बहाल हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भइसकेको रहेछ,’ उनले बयानमा भनेका छन्, ‘मेरो कार्यकाल अघि नै गुरुयोजना तयार भइसकेको हुँदा सो सम्बन्धमा विस्तृत जानकारी मलाई भएन ।

आफू पदमा बहाल रहेको बेलामा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव पेस भएकोमा छलफलपछि निर्णय भएको बताए । प्रधानमन्त्री निवासको सुरक्षा, सौन्दर्यीकरण गर्ने र बाहिरको सरकारी जग्गा परिसरभित्र पार्न प्रस्ताव पेस भएको उनको दावी छ । कागज गर्ने क्रममा उनले भनेका छन्, ‘मन्त्रिपरिषदले असल मनसायका साथ गुरुयोजना कार्यान्वयन गर्नका लागि स्वीकृती दिएको हो । सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्यसचिवमार्फत मन्त्रिपरिषदमा पेस भएको, कानून अनुसार नै प्रस्ताव आएको विश्वासमा परी निर्णय भएको भन्दै उनले ‘आफ्नै कार्यकालमा सचिवहरुको बैठकले समेत प्रधानमन्त्री निवास विस्तारबारे निर्णय गरेको’ बताएका छन् ।

 

हेर्नुहोस् माधव नेपालको बयानको मुख्य सारांश-

म प्रधानमन्त्री हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास बिस्तार गुरुयोजना तयार भइसकेको रहेछ । मेरो कार्यकाल अघि नै गुरुयोजना तयार भइसकेको हुँदा मलाई विस्तृत जानकारी भएन ।

गुरुयोजनाको विषयमा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस भएकोमा छलफल गरी प्रस्ताव पारित गरेको हो ।
गुरुयोजना कार्यान्वयनको लागि प्रकृयागत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पेस भई निर्णय भएको हो ।

प्रधानमन्त्री निवासको सुरक्षा र सौन्दर्यीकरण गर्ने तथा बाहिरका सरकारी जग्गाहरु परिसर भित्र पार्ने प्रस्तावको आधारमा मन्त्रिपरिषदले असल मनसायका साथ गुरुयोजना कार्यान्वयन गर्न स्वीकृती दिएको हो ।

मेरो प्रधानमन्त्रीत्वकालमा मुख्य सचिवको संयोजकत्वमा बिभिन्न मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले ‘प्रधानमन्त्री निवास परिसरको व्यवस्थाको लागि सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत ढंगले छुट्याई व्यवस्थित बनाउने कार्य भौतिक योजना तथा निर्माण मन्त्रालयले गर्ने’ भन्ने निर्णय समेत भएको सन्दर्भमा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस भएको थियो ।

सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्यसचिव मार्फत मन्त्रिपरिषदमा पेस हुने भएकाले प्रचलित नेपाल कानून बमोजिम पेस भएको छ भन्ने विश्वासमा प्रस्ताव उपर निर्णय गर्ने गरिन्छ ।

प्रस्तावमा मोही भनि विभिन्न व्यक्तिहरुको नाम र जग्गाको विवरण उल्लेख गरिएको अनुसूची समेत पेस गरिएको थियो, उल्लेखित प्रस्तावहरु उपर मन्त्रिपरिषदबाट निर्णय गर्दा सरकारको हितको लागि गरिएको हो ।

यसमा मेरो कुनै किसिमको व्यक्तिगत स्वार्थ, सरोकार वा चासोको विषय थिएन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्