त्रिशूलीमा बस दुर्घटना, ८ जनाको मृत्यु, १८ को उद्धार



 

 

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा खवार मध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ । बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक