राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा को गए, को गएनन्



हाम्रो इकोनोमि

 

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक राष्ट्रपति निवास शीतल निवासमा जारी रहेको छ । बैठकमा नेकपा एमालेबाट कुनैपनि नेता सहभागी छैनन् । नेकपा एस र जसपाका अध्यक्ष पनि सहभागी छैनन । यद्यपि यी दुवै दलका प्रतिनिधि भने सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका रमेश लेखक, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी पनि सहभागी छन् । यस्तै माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार, नेकपा एकका मेटमणि चौधरी, जनमत पार्टीका अब्दुल खान र जसपाका राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी छन् ।

यस्तै स्वतन्त्र सांसद प्रभु साह र अमरेश कुमार सिंह पनि सहभागी छन् । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...