राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा को गए, को गएनन्



 

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक राष्ट्रपति निवास शीतल निवासमा जारी रहेको छ । बैठकमा नेकपा एमालेबाट कुनैपनि नेता सहभागी छैनन् । नेकपा एस र जसपाका अध्यक्ष पनि सहभागी छैनन । यद्यपि यी दुवै दलका प्रतिनिधि भने सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका रमेश लेखक, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी पनि सहभागी छन् । यस्तै माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार, नेकपा एकका मेटमणि चौधरी, जनमत पार्टीका अब्दुल खान र जसपाका राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी छन् ।

यस्तै स्वतन्त्र सांसद प्रभु साह र अमरेश कुमार सिंह पनि सहभागी छन् । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा