देउवाले नारायणकाजीलाई सोधे-तपाईँको जानकारीविना आउँछ त्यो सामान ?



हाम्रो इकोनोमि

 

 

 

सार्वजनिक कार्यक्रम र आन्तरिक बैठकहरूमा समेत प्रायः कम बोल्ने कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबारमा आइतवार आयोजित सर्वदलीय बैठक अवधिभर आक्रामकरूपमा प्रस्तुत भएपछि सत्ता गठबन्धनमा खटपटको अनुमान विपक्षीले लगाएका छन् । देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई अनावश्यकरूपमा दुःख दिइएको र माओवादीका नेताहरूलाई भने प्रमाण भेटिँदा पनि उन्मुक्ति दिइएको भन्दै बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीप्रति रोष प्रकट गरेका छन् । देउवाले रायमाझीको नाम लिएनन् तर बालकृष्ण खाणहरूलाई एउटाले पोलेकै भरमा पक्राउ गरेर राजनीति सिध्याउन खोज्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महराको केसमा भने उन्मुक्ति दिएको प्रश्न उठाएका थिए । बैठकमा सहभागी एक नेताले भने, ‘शेरबहादुर देउवाको त्यो रूप हामीले कमैमात्र देखेका थियौं । उहाँ बैठक अवधिभर आक्रोशितरूपमै प्रस्तुत हुनुभयो । कतै केपी ओलीको मेहनतको परिणाम हो कि भनेर बैठकपछि हाँसो पनि चल्यो । तर, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति कांग्रेसमा आशंका प्रष्ट देखियो । सो बैठकमा देउवाले सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्नेसमेत बताएका थिए । देउवा उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिनमा समेत सकारात्मक देखिएका छन् ।

देउवाको भनाइ उदृत गर्दै बैठकका एक सहभागीले भने, ‘तपाईँ गृहमन्त्रीको जानकारी बेगर आउँछ त्यो सामान रु यसमा तपाईँले नैतिकरूपमा जिम्मा लिनुपर्छ, आवश्यक परे छानबिन आयोग बनाउँदा के पर्छ गरौं । बालकृष्ण खाणहरूलाई टर्चर दिएको कुरा छ । विभिन्न व्यक्तिलाई रानीपोखरीमा लगेर टर्चर दिएर फलाना व्यक्तिको नाम लिन भनिएको छ । यस्तो पनि हुन्छ, रानीपोखरीस्थित उपत्यका प्रहरीको कार्यालयमा इन्द्रजीत राई, सानु भण्डारी, केशव दुलाललगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिलाई परिसर कार्यालयको हिरासतबाट ल्याएर एआईजी श्याम ज्ञवालीले अख्तियार प्रमुख प्रेम राई, आरजु राणालगायतको नाम पोल्न दबाब दिएको र त्यस क्रममा यातनासमेत दिइएको थियो ।

यहि विषय आइतबारको सर्वदलीय बैठकमा समेत देउवा र एमालेका प्रमुख सचेतक पदम गिरीले उठाएका थिए । गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बनेका थिए । गिरीले सो अडिओको विषय उठाएपछि प्रधानमन्त्री प्रचण्ड, देउवा, गृहमन्त्री नारायणकाजीले उनीसँग अलग्गै छलफलसमेत गरेका थिए । त्यो छलफलमा के भयो भन्ने कुरा गिरीले बताउन चाहेनन् । उनले बैठकमा आफूले उच्चस्तरीय आयोग किन आवश्यक छ रु भन्ने विषय उठाउँदा प्रधानमन्त्री र देउवासहित शीर्ष नेताहरू सकारात्मक देखिएको बताए । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठकमा गएका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बालकोटमा बोलाएर जानकारी लिएका छन् । ओलीले उच्चस्तरीय छानबिनको विकल्प नरहेको र सबै दल त्यसमा आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...