सरकार भ्रष्टाचारविरुद्धको नाटक मंचनमा व्यस्त छ : शंकर पोखरेल



 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतक अस्थितरता एवं अराजकताको चुनौतीबाट गुज्रिनु परेको बताएका छन् । वीरगञ्जमा प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले ३४ वर्षमा २८ प्रधानमन्त्री बनेको घटनाले पनि त्यो कुराको पुष्टि गरेको दाबी गरे । महासचिव पोखरेलले जनताको मुख्य रोजाईको पार्टी राष्ट्र सञ्चालनको मुख्य जिम्मेवारीबाट बाहिर रहँदा जनतामा निराशाको अर्को चुनौती पनि थपिएको बताए । त्यसले सामाजिक अरजाकताको अवस्था निर्माण गरेको उनको भनाइ छ । ०७४ को जनादेश विपरीत परमादेशबाट नयाँ सरकार गठन गर्ने कामले राज्यका संरचनाहरु कमजोर भएको उनको आशय छ । ‘अदालत अदालत जस्तो रहेन, संसद संसद जस्तो रहेन’, उनले भने, ‘राज्यका सबै अंगहरु कमजोर भएका छन् । सरकार राष्ट्र जनताको हितमा काम गर्न नसक्ने गरी निरीह भएको छ ।’

मुलुकमा वैधानिक अर्थतन्त्र कमजोर हुने अवैधानिक तथा तस्करतन्त्र प्रोत्साहित हुने दुःखद अवस्था निर्माण भएको बताउँदै पोखरेलले मेहनत गर्ने उद्योग व्यवसायी समस्यमामा भएको उल्लेख गरे । कतिपयले आत्महत्या गर्नु परेको अवस्थाको समेत चर्चा गर्दै उनले सरकारलाई यो कुराले कत्ति पनि नपोलेको बताए । अर्थतन्त्रमा आएको समस्या सुन तस्करी रहेको पोखरेलले जिकिर गरे । ‘१ महिनामा २ हजार किलो सुन अवैध तरिकाबाट भित्रिएको तथ्य सार्वजनीक भएको छ त्यसको कारणले मात्र १ अर्ब राजस्व हिनामिना भएको छ’, उनले भने, ‘वैधानिक कारोबार ठप्प गर्ने र अवैधानिक कारोबारलाई प्रोत्साहित गर्ने गठबन्धन सरकारका कारण तस्करी धन्दा फस्टाएको छ । लाखौं युवाहरुलाई विदेश जान बाध्य बनाइएको समेत पोखरेलले दाबी गरे । युवाहरु देशमा नभएपछि विकास हुन नसक्ने तर सरकारले युवाहरुलाई रोक्न नसकेको पोखरेलको भनाइ छ । अर्थतन्त्र समस्यामा परेको तर सत्ता निकट व्यापारीको सम्पत्ति ४० अर्ब वृद्धि भएको रिपोर्ट सार्वजनिक हुनुले गठबन्धन सरकार आम जनताको प्रतिनिधत्व गर्न सक्दैन भन्ने कुराको पुष्टि भएको पोखरेलले बताए । ‘सत्ता पक्ष प्रतिपक्षको आवाजलाई दमन गर्न खोज्दैछ’, महासचिव पोखरेलले भने, ‘सुन तस्करी काण्डको न्यायीक निरुपणकालागि छानविन समिति बनाऔ भन्ने हाम्रो मत हो ,संसदमा जव प्रतिपक्ष बोल्न खोज्छ तव सत्ता पक्ष उठेर अवरोध सृजना गर्छ यदी गल्ती गरेको छैन भने सत्तापक्ष यसरी किन डराइरहेको छ ?

सुन तस्करी काण्डमा माओवादीका नेतासँग २ सय पटक फोन सम्वाद भएको तथ्य सार्वजनीक भएको उल्लेख गर्दै तस्करसँग त्यति धेरै फोन गर्नुको पछाडि त्यस्तो महत्वपूर्ण कुरा के थियो त्यसको जवाफ दिनु पर्छ कि पर्दैन प्रश्न गरे । महासचिव पाख्रेलले आजै वीरगञ्जमा नेकपा एमालेको मधेश प्रदेशको प्रचार तथा प्रकाशन विभागको कार्यालय उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्