आदेश दिनेलाई छाडेर टिप्पणी उठाउनेलाई हतकडी लाउन मिल्दैन : मन्त्री गुरुङ



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले लतिला निवास प्रकरणमा निर्णयको आदेश दिनेहरुलाई छाडेर टिप्पणी उठाउनेहरुलाई हतकडी लगाएकोप्रति असन्तुष्टि जनाएका छन् । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर कर्मचारीहरुलाई सीआईबीले समातेकोतर्फ लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पार्टी निकट कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुकमा सुशासन स्थापना गर्न भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा प्रस्ट हुन आवश्यक छ । जसले टिप्पणी उठाउँछ, तिनका हातमा हतकडी लगाउने र टिप्पणी उठाउन आदेश दिनेहरुलाई तीनै टिप्पणी उठाउनेहरुको हातहरुले फेरि आदेश दिनेहरुलाई सलाम ठोक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । उच्च तहका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर देखाउनमात्रै नीति तथा कार्यक्रममा नसमेटेको उल्लेख गर्दै कानूनमन्त्री गुरुङले सरकारले अझै ठूला फाइलहरु खोल्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...