एयरपोर्टबाट क्विन्टल सुन छिराउनेको विरोध गर्नुस् : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए । उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ । नेपालको एयरपोर्टमा तस्करहरुलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरुको विरोध गर्नुस् । अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन । तीनको विरोधमा हामी उत्रिएका छौं । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ । उनले अहिले कारवाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेतामात्रै बाँकी रहने बताए । उनले इमानदारपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे । उनले आगामी निर्वाचनसम्म पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनेर देशको फोहोर सफा गर्ने बताए । जनताको मुद्दा बोल्न नसक्नेले राजनीतिबाट बिदा हुन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...