एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए । यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताएका थिए । यस्तै लेखा समितिका सदस्य गोकुल बास्कोटाले सत्तापक्षमै भागबन्डा नमिलेर आठ महिनासम्म नेतृत्व चयन नगरेको बताए । एमालेले भाग नमागेको भन्दै उनले सत्तापक्षमै मिलाएर लिएर भए पनि नेतृत्व टुंग्याउन सुझाव दिए ।

त्यसो त नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति दिनेगरी सहमति बनिसकेको छ । बैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म नेतृत्व पाउन सकेको छैन । बास्कोटाले भने, ‘संसदीय समितिको सभापति चयनमा सत्ताको भागबन्डा नपुगेर हलो अड्काउँछन् अनि लोकतन्त्रको भाषण घोक्रो फुल्ने गरी गर्छन् । विपक्षीलाई कुनै समितिको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ । तर, समितिहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोचको चरम नमुना हो ।’ यसैबीच एमालेले बहिष्कार गरेपछि कोरम नपुगेर आज दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...