सांसद विनोद चौधरीलाई एसियन अवार्ड



हाम्रो इकोनोमि

 

 

चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीलाई एसियन अवार्डले फिल्यान्थ्रोपिस्ट अफ द इयर २०२३ बाट सम्मान गर्ने भएको छ । यो अवार्डबाट अक्टोवर ७ मा सम्मान गर्ने जानकारी आएको चौधरी ग्रुपले जनाएको छ । एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुस्ली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन् । फोर्ब्समा सूचीकृत अर्बपति उद्योगी चौधरीले फाउन्डेसनमार्फत् नेपालमा सामाजिक कार्यहरू गर्दै आएको, सन् २०१५ मा गएको महा भूकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर १० जिल्लाका पीडितहरूलाई हस्तान्तरण गरेको लगायतका समाजिक कार्यलाई आधार बनाएर अवार्ड प्रदान गर्ने भएको जनाइएको छ ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरू भएको कोभिड महामारीपछि कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आइसियु निर्माण गरी सञ्चालनमा ल्याएको थियो । फाउण्डेसनले कान्तीबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी) वार्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । हाल चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरूको गुणस्तर अभिवृद्धि गरी स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको जनाकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...