सांसद विनोद चौधरीलाई एसियन अवार्ड



हाम्रो इकोनोमि

 

 

चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीलाई एसियन अवार्डले फिल्यान्थ्रोपिस्ट अफ द इयर २०२३ बाट सम्मान गर्ने भएको छ । यो अवार्डबाट अक्टोवर ७ मा सम्मान गर्ने जानकारी आएको चौधरी ग्रुपले जनाएको छ । एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुस्ली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन् । फोर्ब्समा सूचीकृत अर्बपति उद्योगी चौधरीले फाउन्डेसनमार्फत् नेपालमा सामाजिक कार्यहरू गर्दै आएको, सन् २०१५ मा गएको महा भूकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर १० जिल्लाका पीडितहरूलाई हस्तान्तरण गरेको लगायतका समाजिक कार्यलाई आधार बनाएर अवार्ड प्रदान गर्ने भएको जनाइएको छ ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरू भएको कोभिड महामारीपछि कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आइसियु निर्माण गरी सञ्चालनमा ल्याएको थियो । फाउण्डेसनले कान्तीबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी) वार्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । हाल चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरूको गुणस्तर अभिवृद्धि गरी स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको जनाकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...