केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई एमालेबाट बिदाई



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ । स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय सोमबारको सचिवालय बैठक गरेको हो । एमालेका एक नेताका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो । सोमबारकै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ । सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा बिन्दा पाण्डे छिन । उनीभन्दा पहिले घनश्याम भुसाल सो विभागको प्रमुख रहेका थिए । यस्तै खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठ मनोनीत गरेको छ । एमालेले संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनीत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...