केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई एमालेबाट बिदाई



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ । स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय सोमबारको सचिवालय बैठक गरेको हो । एमालेका एक नेताका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो । सोमबारकै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ । सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा बिन्दा पाण्डे छिन । उनीभन्दा पहिले घनश्याम भुसाल सो विभागको प्रमुख रहेका थिए । यस्तै खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठ मनोनीत गरेको छ । एमालेले संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनीत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...