एमालेले टुङ्ग्यायो आठवटै प्रदेशको अधिवेशनको मिति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सबै प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ गतेदेखि सुरू गरी असोज २२ गते सम्पन्न गर्नेगरी आठवटै प्रदेशको अधिवेशन मित तय गरेको हो । जस अनुसार लुम्बिनी प्रदेशको अधिवेशन सबैभन्दा पहिला भदौ १६, १७ हुनेछ भने सुदूरपश्चिम प्रदेशको अधिवेशन सबैभन्दा पछि असोज २१ र २२ मा हुनेछ ।

यस्तै, असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशनको मिति तय भएको छ । असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश तथा १९ र २० गते उपत्यका विशेष प्रदेशको अधिवेशन मिति तोकिएको छ । सबै प्रदेश अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...