उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : शेखर कोइराला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।  कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गरे । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरुी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ?’

‘उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुप¥यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ?’ उनले अघि भने । कांग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गरेका उनले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए । मन्त्रीहरुको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरुको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरुले बुझ्नुपर्ने बताए । आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौं’ भनेको भन्दै उनले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...