एमालेले विशेष पत्रकार सम्मेलन गर्दै



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमालेले जनाएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकानरी दिए । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले संघीय संसद अन्तर्गतको दुवै (प्रतिनिधि र राष्ट्रिय सभा) बैठक अवरोध गर्दै आएको छ । गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । सुन तस्करीमा सत्तारुढ दलका ठूला नेताहरुको संलग्नता रहेको कारण सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको एमालेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...